काठमाडौं, पुस २। नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हवाई सेवाका लागि तयार भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण (क्यालिब्रे सनफ्लाइट) उडानको प्रारम्भिक प्रतिवेदन सकारात्मक आएसँगै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अघि बढेको छ ।
यही पुस १७ गते उद्घाटन गरिने यो विमानस्थल सञ्चालनको तयारीले राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ ।
एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक रहेको प्रतिवेदन दिएपछि विमानस्थलमा परीक्षण उडानको तयारी सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
।




प्रतिक्रिया