Logo

माधव नेपाल भेट्न महन्थ ठाकुर आलोकनगरमा, सत्ता सहकार्यबारे छलफल



काठमाडौं, ३ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह अध्यक्ष ठाकुर नेपाल नेतृत्वको पार्टी कार्यालय, आलोकनगरमा पुगेर भेटवार्ता गरेका हुन् ।

निर्वाचनपछि यी दुई नेताको पहिलो एक्लाएक्लै भेटवार्ता हो । पछिल्लो समय नयाँ सरकार गठनको गृहकार्य चलिरहेको बेलामा नेताहरुको दौडधुप बढेको छ । ठाकुरअघि नेपालसँग राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका थिए ।

हिजोमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि सरकार गठन र शक्ति बाँडफाँडबारे कुराकानी भएको बताईएको छ ।

यद्धपी देउवाले आफू दलको नेताको निर्वाचनको तयारीमा जुटेकोले अहिले छलफल नगर्ने जवाफ दिएका थिए । कांग्रेसले यसै साता दलको नेताको निर्वाचन गर्ने तयारी गरेको छ । त्यसपछि सरकार गठनको लागि उसले पहलकदमी लिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot