Logo

प्रधानमन्त्री दाहाल पनि देउवाकै पथमा, ज्योतिषसँग साइत जुराएर बालुवाटार प्रवेश गर्दै



काठमाडौं, १३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले भने बालुवाटार प्रवेश गर्नुअघि ज्योतिषीसँग साईत जुराएको कुरा बाहिर आएको छ ।

दाहालको सचिवालयले ज्योतिषी टीकाराम घिमिरेसँग साइत मागेको हो । उनले आज साँझ ५ बजेको साइत जुराईदिएका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनै ज्योतिष घिमिरेसँग हेराएर बालुवाटार प्रवेश गरेका थिए ।

अहिले दाहालले देउवाको पथ पछ्याएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्