Logo

बालुवाटारमा सत्ता गठबन्धनको पहिलो बैठक सुरू, ओली पनि सहभागी



काठमाडौं, पुस १४ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। आज बिहान नौ बजे बस्ने तय भएको बैठक एक घण्टा ढिलोगरी सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो। आजको बैठक शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफलमा केन्द्रित रहेको छ ।

बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ । यसअघि सत्ता गठबन्धनको बैठक पुस ११ मा नयाँ बानेश्वरमा बसेको थियो।



प्रतिक्रिया दिनुहोस्