Logo

बुढेसकालको प्रेम : को हुन रवीना देशराजका प्रेमी ?



काठमाडौं, पुस १५ । मेगा बैंककी पूर्व कायममुकायम कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको तस्बिर सार्वजनिक गरेकी छन्।

सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले इन्स्टाग्राममार्फत् प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् । रविनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी थिइन्।

रवीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु। यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।’

उनले अगाडी थपेकी छन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ। उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु।’

रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot