Logo

नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने जसपाको तयारी



काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ । त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए ।

उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । दुवै दलका बैठक बसेर एकताको लागि अघि बढ्ने निर्णय भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै दुई दलबीच एकता गर्ने तयारी भएको जनाईएको छ । नेकपा (एकीकृत समाजवादी) र एमालेबीच एकताको चर्चा भैरहेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot