Logo

आजपनि आन्तरिक उडान प्रभावित



काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने जारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मौसममा क्रमिमरूपमा सुधार भइरहेकाले केही समयपछि भने आन्तरिक उडान पनि सुरु हुने छन् । आज बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । प्रतिकुल मौसमका कारण मंगलबार नेपालगञ्जमा कुनै उडान भएन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot