Logo

उपरथी शाहीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं, पुस २१ । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ ।

हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ । जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा कार्यरत हुँदा आर्थिक अनियमितता गरेको उजुरीबारे छानबिन भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

औषधि खरिददेखि विभिन्न सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सैनिक मुख्यालयले छानबिन शुरू गरेको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाको सैनिक सहायक भएर बसेका शाहीले त्यसबेला शक्तिको दुरूपयोग गरी छानबिन प्रक्रियालाई प्रभावित पारेको सैनिक उच्चस्रोतले दाबी गरेको छ ।

सेनाको विभिन्न पदमा एउटा जन्ममिति देखाएर सरुवा, बढुवा र विदेशमा दिइने तालिममा समेत सहभागी हुँदै आएका उपरथी शाहीले अवकासमा जाने भएपछि सिटरोलमा भरेको दुईवटा जन्ममितिमध्ये नागरिकताको जन्ममितिलाई आधार बनाएर एक वर्ष अझै बाँकी रहेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot