Logo

राप्रपा नेता बुद्धिमान देउवाको डेरामा



काठमाडौं, २२ पुष । राप्रपाका नेता तथा सांसद बुद्धिमान तामाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । अहिले दुई नेताबीच छलफल जारी रहेको बताईएको छ । पछिल्लो समय देउवाले सत्ता गठबन्धनमा रहेका राप्रपा र जसपाका नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएका छन् । हिजोमात्रै देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुष २६ गते विश्वासको मत लिने मिति नजिकिएसँगै देउवाले राजनीतिक सक्रियता बढाएका छन् । उनको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसले सत्ता गठबन्धन टुटाउनको लागि र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन असफल बनाउन भूमिका खेलेको चर्चा छ ।

आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देउवासँग भेट्ने तयारी थियो । तर, लिङ्देनले आफ्नो दूतको रुपमा बुद्धिमानलाई धुम्बाराही पठाएका छन् । कांग्रेसले राप्रपा, रास्वपालाई प्रधानमन्त्री अफर गरेको चर्चा छ । तर, कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले भने कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाउनेगरि अर्को गठबन्धन बनाउन नखोजेको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot