काठमाडौं, २३ पुष । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा भर्खरै स्थापना गरिएको नयाँ दल आम जनता पार्टीको पक्षमा व्यापक जनलहर देखिन थालेको छ । सो दलको आज (शनिबार) ललितपुरको लगनखेलमा सम्पन्न मधेश–काठमाडौं आम सम्पर्क मञ्चको भेलामा व्यापक जनसहभागिता देखिएको छ ।
अध्यक्ष साहले पनि सम्पर्क मञ्चको प्रदेश स्तरीय प्रथम ऐतिहासिक भेला हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रुपमा सुसम्पन्न भएको उल्लेख गरेका छन् । उनकाअनुसार आजको भेलाबाट कमिटी पनि गठन गरेको छ । उनले निर्वाचित सबैलाई बधाईसहित सफल कार्यकालको भव्य शुभकामना व्यक्त गरेका छन् ।
सो क्रममा साहले साहले राम्रोसँग देश चलाउन नसके नेताहरूको बहिर्गमन निश्चित भएको टिप्पणी गरेका छन् । उनले नेताहरुले राम्रो तवरले देश नचलाए पूर्वराजा ज्ञानेन्द्र शाहको हालत हुने बताएका हुन् ।
वरिष्ठ नेता बद्रि न्यैपानेले आफ्नो पार्टीले सुशासन र जनताका आवाज बोकेको बताए । उनले छोटो समयमा नै जनताको ठूलो पँक्तिले आफूहरुलाई साथ दिएको भन्दै जनजिविका सन्दर्भमा पार्टी खरो उत्रिने बताए ।






प्रतिक्रिया