काठमाडौं, ८ माघ । प्रतिनिधि सभामा यतिबेला प्रमुख प्रतिपक्षी दलको नेता बन्न रस्साकस्सी चलिरहेको छ।
प्रतिनिधिसभामा ठूलो रहेको नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन रस्साकस्सी चलिरहेको छ।
कांग्रेसले सरकारलाई विश्वासको मतदिएको हुँदा कांग्रेस प्रतिपक्षी नभएको नेमकिपाको जिकिर रहेको छभने कांग्रेसले आफू सरकारमा सहभागी नभएको कारण प्रमुख प्रतिपक्षी दल रहेको दाबी गर्दै आइरहेको छ।
प्रमुख विपक्षीदलको मान्यता पाउनका लागि रस्साकस्सी चलिरहँदा विपक्षी दल र दलको नेताले पाउने सेवासुविधा अन्य दलहरुले पाउनेभन्दा फरक हुन्छ।
प्रमुख विपक्षी दलको नेताले न्याय परिषद्लगायत धेरै संवैधानिक समितिहरुमा सदस्यको मान्यता पाउछ।
त्यसबाहेक संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्छ।
प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत्त मासिक २५ हजार, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमालगायतका कैयौं सुविधा प्राप्त हुन्छ।
अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेतालाई दिइन्छ।
विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक/एक जना दिइन्छ।




प्रतिक्रिया