Logo

राज्यको संयन्त्रलाई चलाइएको छ : गृहमन्त्री लामिछाने



काठमाडौं, १० माघ । यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको गृहमन्त्री रबि लामिछाने
बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाइएको उनले बताए।

उनले भने, ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ। नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं।’



प्रतिक्रिया दिनुहोस्