शिक्षामन्त्री खनालद्धारा वाल्मीकि क्याम्पसमा निर्मित सरस्वती मन्दिरको उद्घाटन (तस्बिरहरु)


काठमाडौं, १२ माघ। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ।

आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ। आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ। आजकै दिन साना बालबालिकाहरूलाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ। आज बालबालिकाहरु सरस्वती मन्दिर गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्ने गर्दछन्।

यसैअवसरमा आज वाल्मीकि क्याम्पसमा पनि सरस्वती पूजा मनाइएको छ। आज शिक्षा मन्त्री शिशिर खनालले वाल्मीकि क्याम्पसमा परिसरमा निर्मित सरस्वती मन्दिरको उद्घाटन गरेका छन्।

तस्विर : मनोज परियार/रिपोर्टर्स नेपाल डटकम/Facebook

 

Skip This

Omoda E5 Pro