शिक्षामन्त्री खनालको पुत्ला दहन (तस्बिरहरु)


काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन्।

उनीहरुले रत्नराज्य क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप रहेको छ।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro