Logo

अमेरिकी उपमन्त्री नुल्याण्ड काठमाडौंमा, भोलि उच्चस्तरको भेटवार्ता (फोटोफिचर)



काठमाडौं, १५ माघ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । उनी भर्खरै काठमाडौंस्थित् विमानस्थलमा ओर्लिएकी हुन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्ड दुईदिने भ्रमणमा आज नेपाल आएकी हुन् ।

उपमन्त्री नुल्यान्डले भोलि (सोमबार) प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पहिलो भेट गर्नेछिन । त्यसलगत्तै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल हुने छ । देउवासँगको भेटपछि उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्