Logo

‘औषधीहरुको नियन्त्रण गर्न जरुरी’



काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ति गुणस्तरहिन औषधीहरु भेटिरहेको भन्दै तिनीहरुको नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्।

मन्त्री गिरीले आज औषधी व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै बजारमा गुणस्तरहिन औषधीहरु छ्यापछ्याप्ति रहेको गुनासोहरु बढिरहेको बेला औषधी ब्यवस्था विभागले तिनीहरुको नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताएका छन्।

उनले विभागले ठोस कदम लिएर चल्नुपर्ने बताउँदै नागरिकको स्वास्थ्यमा कुनैपनि खेलवाड नगर्न र नगर्नदिन विभागलाई निर्देशन दिएका छन्।

यस्तै, सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोषिमा कार्कीले बजारमा औषधी कम्पनीहरुले आफू खुसी विज्ञापनहरु गरिरहदाँ जनताहरु झुक्किन पुगेको बताइन्।

उनले हाल बजारमा आइरहेका औषधीहरुले कुनै नियमाक निकायबाट अनुमति नलिइ आफ्नै किषिमले विज्ञापन गर्दा जनता झुक्किन पुगेको बताइन्।

यस्तै नागरिक समक्ष औषधी जस्तो विषयमा कुनै किषिमको कम्प्रमाइज नगर्न उनले निर्देशन दिइन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot