Logo

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित



काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ।

बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक भएकाले स्थगित भएको मा‌ओवादी नेताहरुले बताए।

प्रतिनिधिसभाको बैठकमा आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूची रहेको हुँदापनि स्थगित भएको नेताहरुले बताए।



प्रतिक्रिया दिनुहोस्