Logo

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीनविरुद्ध सिटी जुलुस (फोटोफिचर)



काठमाडौं, १८ माघ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीन डा. दिव्या सिंह शाहविरुद्ध संयुक्त विद्यार्थीले सिटी जुलुस निकालेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीले आज (बुधबार) काठमाडौंको बानेश्वरको एभरेष्ट होटलनजिक प्रदर्शन गरेका हुन् । उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरस कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्