Logo

बलात्कारको अभियोग लागेका व्यक्तिलाई कुनैपनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुँदैन् : खड्का



काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेको व्यक्तिलाई कुनैपनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुनै नसक्ने बताएका छन् । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको प्रतिबन्ध क्यानले फुकुवा गरेको छ । यही सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन् ।

हिजोमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि यसबारेमा धारणा सार्वजनिक गरेर लामिछानेको निलम्बन फुकुवा गलत भएको भन्दै क्यानलाई अविलम्ब निर्णय फिर्ता लिन आग्रह गरेका छन् । आज खड्काले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

उनले लेखेका छन्–

कोहि नेता लोकप्रिय होलान्,कोहि कलाकार लोकप्रिय होलान्,कोहि खेलाडि लोकप्रिय होलान् रुयो बेग्लै कुरा हो।तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको ब्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन।सम्बन्धित संस्थाको तत्काल गंभीर ध्यान जाओस ।



प्रतिक्रिया दिनुहोस्