Logo

रास्वपाका अधिकांश नेता उपत्यका बाहिर



काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश नेता उपत्यका बाहिर रहेका छन् । रबि लामिछानेको नागरिकता विवादपछि रिक्त रहेको गृहमन्त्रालय रास्वपाले आफ्नो दाबी गर्दै आएको छ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आजसम्मको अल्टिमेन्टम दिएको थियो । अल्टिमेन्टम अनुसार गृहमन्त्रालयको नेतृत्व आफूहरुले नपाएमा सरकारबाट बाहिने पक्षमा रास्वपा छ । प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रालय रास्वपालाई दिन नसकिने बताउँदै आएका छन् ।

रास्वपाले सरकार छाड्ने चेतावनी दिएपनि सरकारको नेतृत्व गरेका दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन । रास्वपाकै पनि बैठक बसेको छैन । रास्वपाको अधिकांश नेताहरु उपत्यका बाहिर रहेका छन् । रास्वपाका प्रवक्ता मुकुल ढकाल पनि पोखरा रहेको बुभिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्