काठमाडौं, २२ माघ । पञ्चावती सद्भाव समाजको छैटौं साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) सम्पन्न भएको साधरण सभाले डिल्लिरमण आचार्यको अध्यक्षमा ११ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति चयन पश्चात अध्यक्ष आचार्यले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी, उपाध्यक्षमा पद्मराज कार्की र बोध कुमार घिमिरे चयन भएका छन् । महासचिवमा प्रदीप निरौला, सचिवमा मिरा भट्टराई र कोषाध्यक्षमा केदार आचार्य चयन भएका छन् ।
समितिका पूर्व अध्यक्ष मधुरमण आचार्यले चयन भएको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, डिल्लिरमण नेतृत्वको कार्यसमितिले पञ्चावती सद्भाव समाजको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यसमिति
अध्यक्ष– डिल्लिरमण आचार्य
उपाध्यक्ष– पद्मराज कार्की
उपाध्यक्ष–बोध कुमार घिमिरे
महासचिव– प्रदिप निरौला
सचिव– मिरा भट्टराई
कोषाध्यक्ष– केदार आचार्य
सदस्यहरु
दिनानाथ दाहाल
पुर्णराज कार्की
रबि बिसि
सरला घले
डिबि भुजेल
सल्लाहकार
ओम बहादुर राउत
बिश्वराज ढुंगाना
मधुरमण आचार्य
नारायण कार्की
इश्वर प्रसाद निरौला
प्रेमराज कार्की
टिकादत्त निरौला
हरिशंकर परियार
शंकर ढुंगाना
छिङ लमु शेर्पा






प्रतिक्रिया