Logo

उपनिर्वाचनबाट निर्वाचित नभई मन्त्री बन्दिन–रबि लामिछाने



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनबाट आफू निर्वाचित भएर नआएसम्म मन्त्री नबन्ने स्पष्ट पारेका छन् ।

आज(आइतबार) पार्टीको बैठक पछि विशेष पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीले आफूलाई भौतिक पूर्वधार मन्त्रालयको पस्ताव गरेको कुरा गलत भएको उल्लेख गर्दै यस्तो बताएका हुन् । रास्वपाको आजको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्