Logo

रास्वपाका मन्त्रीको राजीनामा स्विकृत, प्रधानमन्त्री प्रचण्डसँग पाँच मन्त्रालय



काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाएको राजीनामा स्विकृत भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

पार्टीले फिर्ता बोलाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर रास्वपाका मन्त्रीहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा गरेका थिए । उनीहरुको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गर्दै रिक्त रहेको दुई मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई तोकेकी छन् ।

यो सँगै प्रधानमन्त्री प्रचण्डसँग पाँच वटा मन्त्रालय रहनेछ । शिक्षामन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पनि प्रधानमन्त्री रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्