Logo

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने



काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसका १९ सांसद रहेका छन् भने माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादीको ४, राप्रपा र स्वतन्त्र १ / १ सांसद रहेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot