Logo

कांग्रेसलाई संसद्को प्रतिपक्षी नबनाउन सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।

अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। रिट अस्विकार भएपछि पौडेलले त्यसविरुद्ध निवेदन दिएका थिए । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न आदेश दिएको हो।

 

 



प्रतिक्रिया दिनुहोस्