Logo

बालकोटबाट फर्किए प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली भेट्न बुधबार प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा लामो संवाद भएको छ । छलफलपछि प्रधानमन्त्री प्रचण्ड बालकोटबाट फर्किएका छन् । प्रचण्ड ओलीबीच भएको आजको भेटवार्तामा बिहिबार (भोलि) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति बनेको छ ।

प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग भेटघाट बढाइरहेको छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्