Logo

एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुनेछ– विप्लव



काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुने बताएका छन् । आज (बुधबार) विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीको महाधिवेशनको निर्णयका बारेमा जानकारी गराउँदै एक्काइसौं शताब्दी पूँजीवादको विरुद्धमा हुने आफूहरुको आशा र विश्वास रहेको बताएका हुन् ।

‘यो एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको क्रान्तिको एउटा शताब्दी हुने छ भन्ने हाम्रो आशा र विश्वास छ । किनकी विश्वमा पूँजीवादको विकास भएपछि संसार भरी अहिले आतंक, द्वन्द्व र विध्वंश मच्किएको छ । त्यसको नेतृत्व अहिले विगतकै साम्राज्यवादी मुलूकले गरिरहेका छन्,’ उनले भने ।

अहिले पूँजीवादी मुलुकले नै युद्धको र आतंकको नेतृत्व गरिरहेको उनले बताएका छन् । युरोपले गरिब देशमा लादेको युद्ध फर्किर फेरि युरोपमा नै पुगेको उनको बुझाइ छ । अब तेस्रो विश्वयुद्धको खतरा बढेको उनको ठम्याँई छ । नेपाललाई वैज्ञानिक समाजवादको यात्रामा लैजानुको विकल्प नभएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्