Logo

उर्मिला अर्यालले छाडिन् माओवादी केन्द्र



काठमाडौं, २५ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदलाई निष्पक्ष, विश्वसनीय र स्वतन्त्र बनाउन भन्दै उनले पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्याल यसअघि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी सदस्य थिइन् । गत सोमबार उनी राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्