Logo

नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने



काठमाडौं, २५ माघ । नेपाल सरकारले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले विनाशकारी भूकम्पको चपेटामा रहेको टर्कीमा राहत र पुनर्स्थापनाका लागि सहयोग पठाउने निर्णय गरेको हो । टर्कीमा गएको भूकम्पमा ठूलो मानवीय क्षती भएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्