काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले जनमतअनुसार स्थायित्वको लागि मुलुकको प्रमुख पदमा साझेदारी सहमतीय हुनुपर्नेमा जोड दिएका छन् । मुलुक राष्ट्रपतिको निर्वाचनतर्फ अघि बढिरहेको बेलामा उनको यस्तो प्रस्ताव आएको हो ।
एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसको कसरत, प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर
सापकोटाले फेशबुकमा लेखेका छन्-
जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतिय हुनुपर्छ । मुलुकलाई सम्वृद्दी र आर्थिक उन्नतिमा लैजानका लागि र मुलुकलाई मध्यवधि चुनाबको खर्चभारबाट जोगाउने हो भने नेपालि कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ ।
अहीले कांग्रेसबाट रास्ट्रपति, माओवादीबाट प्रधानमन्त्रि र एमाले बाट सभामुख । २.५ वर्षपछी एमालेबाट प्रधानमन्त्रि माओवादीबाट सभामुख हॅुदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ । हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृति चिनेका बुझेका छौं । यसको सबैभन्दा ठुलो सहजकर्ता एमाले बन्नुपर्छ ।
प्रधानमन्त्रि समेत रहेका पार्टी अध्यक्ष क. प्रचण्ड / Comrade Prachanda प्रति नेपालि कांग्रेससहित सबै दलले देखाएको सहमतिय सद्भावप्रतिको उहॅाको उत्तरदायित्व यसैगरी पुरा हुन्छ । मुलुकको विषिश्ठ अवस्थामा प्रतिपक्षिय भुमिका नागरिक समाज, आम नागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केहि बिग्रन्न ।




प्रतिक्रिया