Logo

सिके राउतको नजरमा यस्ता छन् दाहाल–ओली मिल्न नसक्नुका कारण…



काठमाडौं, १९ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदाको साक्षीमात्रै भएको बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा भएका सहमती त्यो भन्दाबढी आफूलाई केही थाहा नदिइएको उनको आरोप छ ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्दाको सहमति पत्रमा हस्ताक्षर गरेको बाहेक अरु कुनै पनि जानकारी नभएको बताएका हुन् ।

‘संविधानको धाराअन्तर्गत पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्दाको साक्षी हामी हौं । त्यसमा हामीले साइन गरेका हौं । त्यो बाहेक हाम्रो हस्ताक्षर कतै छ भने उहाँले देखाउन सक्नुहुन्छ ।

नेताहरुले जनताको लागि सोच्न नसकेकाले अहिलेको सरकार अस्थिरतातर्फ धकेलिएको उनको आरोप छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको केमेस्ट्री नमिल्नुको कारण पनि पदको स्वार्थ भएको उनले बताए ।

‘जनताको लागि सोचेको भए केमेस्ट्री मिल्थ्यो होला । पदको पछाडि गएपछि यस्तै हो । यस्तै नेताहरुको यहाँ स्कोप भएर पनि होला । जतिसुकै जे गरेपनि आखिर मत ल्याउने भनेको तिनीहरुले नै हो । नभए त अरु इमानदार पार्टीहरुलाई ठूलो बहुमत आइहाल्थ्यो नि ? अहिले पनि निर्णायक त आएको छैन । सबै भन्दाबढी सचेत हुनुपर्ने जनता हो । जनता सचेत भएपछि सबैकुरा मिल्छ,’– उनले भने ।

साथै अहिलेको सरकारको स्थिरताको कुनै भरोसा नभएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्