प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश


काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न आदेश दिएको हो ।

प्रचण्डले २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजेका थिए । त्यतिवेला राजनतिक प्रकृतिको अभिव्यक्ति भन्दै रिट दर्ता भएको थिएन । तर, अहिले तीन वर्षपछि उक्त रिट दर्ता गर्न सर्वोच्चको आदेश आएको छ । file photo