प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच चार घण्टा लामो छलफल

File photo

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित लामिछाने निवासमा बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म चार घण्टा लामो छलफल भएको स्रोतले बतायो ।

भेटमा संवेदनशील राजनीतिक विषय, अध्यादेश र महत्वपूर्ण नियुक्तिबारे छलफल भएको स्रोतको दाबी छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विषयमा पनि छलफल भएको बताइएको छ।

लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेनको प्रस्तावित दिल्ली भ्रमणबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ। यही भेटपछि बुधबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको स्रोतको दाबी छ।