नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउने दुर्गा प्रसाईंको तर्क


काठमाडौं, २० फागुन । व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान कार्यक्रममा बोल्दै प्रसाईंले अहिलेका नेताहरु मरेर गए जनताहरु खसी काटेर खुसी मनाउने बताएका छन्।

कार्यक्रम सुरुहुनुभन्दा पहिला प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागु गर, वर्तमान राजनीतिक दलहरुका शिर्षनेताहरुमाथि विभिन्न नाराबाजी र पूर्वराजा आउभन्दै विभिन्न किषिमका नाराबाजी गरिरहेकै बीचमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईंले बैंकतथा बित्तीय संस्थाहरुले धेरै दु:ख दिएको टिप्पणी गरेका छन्।

उनले देशको ढुककुटीमा पैसा छैन तर नेताहरुले कसरी देश चलाइरहेका छन् भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन्। मान्छेको घरजग्गा लिलाम गर्दैछन्। पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरु, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरु आज बैंकको नाममा सहरमा छिरेका छन्। लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन्।’

प्रसाईंले गणतन्त्र हुँदा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु जनतालाई बच्न नदिएको र अब सत्ता राजाको हातमा सुम्पिन नेताहरुलाई चेतावनी दिए।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro