मुख्यमन्त्री शाहलाई माओवादी केन्द्र र नेकपा (एस) ले विश्वासको मत दिने


काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (माओवादी केन्द) र नेकपा (एकीकृत समाजवादी) ले विश्वासको मत दिने भएका छन् ।

दुवै दलको आज बसेको प्रदेश संसदीय दलको बैठकले शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने निणय गरेको हो ।
मुख्यमन्त्री शाहले आज (आइतबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । यो सँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने निश्चित छ ।