Logo

सांसदलाई काग्रेसको निर्देशन– उपराष्ट्रपतिमा रामसहायको पक्षमा मतदान गर्नु



काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले आगामी उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रामसहायलाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना संघ र प्रदेश सांसदलाईसमेत रामसहायको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही ७९ चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय सभाका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न निर्देशन गर्ने निर्णय भएको छ,’–  प्रवक्ता प्रकाशशरण महतले भने ।

 



प्रतिक्रिया दिनुहोस्