Logo

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत



काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)पछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटेका हुन् ।

हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ । उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन् ।

तीन दलको मोर्चा बने संसद्मा यो तेस्रो शक्ति बन्नेछ । यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा बनाउन लागिएको नेकपा एसका एक नेताले बताए ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन् । यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन् । ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्