Logo

गठबन्धनमा कुनै गडबडी छैनः कांग्रेस नेता



काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारी कायम राखिरहनुको औचित्य नभएको बताएका छन् ।
‘हामीले नयाँ गठबन्धन बनाएको भन्दा पनि पुनर्गठन गरेका हौं । निर्वाचन आयोगको विगतका व्यवहारका कारण संशकित भएर रामसहायप्रसाद यादव र प्रमिला यादवको दोहोरो उम्मेदवारी दिनुपरेको हो । यसको अर्थ गठबन्धनमा गडबडी भएको होइन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै विश्वकर्माले भने ।
जनमत पार्टीले गठबन्धनमा छलफल गरेर उम्मेदवारी नदिएको पनि उनले बताए । उनले भने, ‘जसपाले दुइटा उम्मेदवारी दिइसकेपछि जनमतले उपराष्ट्रपतिमा उम्मेदवारी दिइरहनु पर्दैनथ्यो । अहिले पनि छलफल चलिरहेको छ । मतदान अघिसम्म जनमतको उम्मेदवारी निष्क्रिय होला ।’



प्रतिक्रिया दिनुहोस्