Logo

स्ववियु निर्वाचन स्थगित भएका कलेजमा तत्काल चुनाव गराउन अनेरास्ववियुको माग



चैत ७ काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्थगित भएका कलेजमा तत्काल स्ववियु चुनाव गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विभिन्न बहनामा निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा तत्काल चुनाव गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी आन्दोलनको दौरान हाम्रा अग्रजहरूको बलिदानीपूर्ण संघर्षबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनेकौं षडयन्त्रका बीच लामो समयदेखि हुन सकिरहेको थिएन । यही चैत ५गते त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक, सामुदायिक तथा निजी गरी करिब ३०० कलेजमा सम्पन्न भएर मत परिणामहरू आइरहेका छन्
‘विभिन्न गठबन्धनहरूलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी जुन परिणाम आएको छ, यसले हामीलाई थप शक्ति र हौसला प्रदान गरेको छ । नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको छ । गठबन्धन मुलुकको अस्थिरता र विकासको बाधक हो भन्ने सन्देश आजको स्ववियु निर्वाचनको परिणामले देखाएको छ विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्