Logo

सरकारमा जानुभन्दा पहिले देउवालाई महरको यस्तो सुझाव



काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्ता साझेदार गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र पार्टी सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् । गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले यस्तो सुझाव दिएका हुन् ।

उनले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने पनि धारणा राखेका छन् । उनले भने,‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन । सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’

सभापति शेरबहादुर देउवाले आज/भोलिभित्रै पार्टी सरकारमा सहभागी हुनेगरि गृहकार्य थालेका छन् । उनले मन्त्री छान्नका लागि शीर्ष नेताहरुसँग पनि परामर्श गरिरहेका छन् । यसपटक कांग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । अहिले सभापति देउवाको निवास (भाडाको घर) मा नेता तथा कार्यकर्ताहरुको घुईँचो लाग्ने गरेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्