Logo

आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद् विस्तार गरी सपथ ग्रहणको तयारी रहेको बताएका हुन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि विहान होला । काम त हाम्रो सकिएको छ । एकदुई वटा मन्त्रालय थोरै टुंग्याउन छ,’– उनले भने ।

नेपालको राजनीतिक स्थायित्वका लागि नयाँ गति दिने संकल्पसहित आफू यो पटक प्रधानमन्त्री बनेको उनले बताए । राजनीतिक स्थायित्वले नयाँ आधार प्राप्त गर्नेमा आफू विश्वस्ता रहेको पनि उनले बताए ।

‘यो सबैका लागि खुसीको कुरा हो । नेपालको राजनीतिक स्थायित्वका लागि नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्रदान गर्ने छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्