Logo

विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका प्रश्नैप्रश्न



काठमाडौं, १६ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग आकस्मिक बैठक बसी विभिन्न प्रश्नहरुको जवाफ मागेका छन् ।

आज (बुधबार) मन्त्री किराँतीले आफूले विमानस्थलका कर्मचारीबाट उत्तर बोलेर र लेखेर नभएर मरिणाममा खोजेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु । अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु ।’

विमानस्थलका कर्मचारीसँग किराँतीका यस्ता छन् १२ प्रश्नः

१. व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२. अराइभलमा यात्रु लड्ने बिधुतिय भर्‍याङ्ग के हुँदैछ ? कहिले सम्म बनि सक्छ ?
३. सरसफाई अभियान के कस्तो चल्दै छ ?
४. समयमा जहाज उड्दैछ कि छैन ?
५. ब्रेक बिनाको ट्रली किन्ने प्रकृया के हुदैछ ?
६. एयरपोर्टभित्र महङ्गि नियन्त्रण भयो कि भएन ?
७. ब्रेक बिनाको ट्रली फेर्ने काम कहा पुग्यो ?
८. सौचालयभित्र बजिरहेको सङ्गित किन बन्द भयो ?
९. महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०. एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११. एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२.एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?



प्रतिक्रिया दिनुहोस्