Logo

जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने



काठमाडौं, १६ चैत्र । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।

सरकारले पीडितहरुको पीडामा झनै पीडा थप्दै जनयुद्ध दिवसमा विदा दिएको भन्दै द्वन्द्व पीडितहरु ज्ञानेन्द्रराज आरन, कल्याण बुढाथोकी, रीता कार्की लगायतले सर्वोच्चमा रिट लगेका थिए ।

उनीहरुको रिट सर्वोच्चले दरपीठ गरेको थियो । सर्वोच्च प्रशासनको दरपीठ विरुद्ध उनीहरुले सर्वोच्चमा निवेदन दिएका थिए ।

न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले दरपीठको आदेशलाई बदर गरेको द्वन्द्व पीडित जितेन्द्र कुमार मोक्तानले बताए ।

सरकारले गत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको थियो । साथै, जनयुद्ध दिवसको विदालाई सरकारले क्यालेन्डरमै समावेश गरेको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्