Logo

कोकिनसहित दुई जना भारतीय महिला पक्राउ (भिडियोसहित)



काठमाडौं, १६ चैत्र । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेका भारतीय महिलाहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बरामद गरिएको लागू औषधको बजार मुल्य १७ करोड तीन लाख ५१ हजार दुई सय रुपैया रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्