Logo

एमाले नेता बास्कोटा भन्छन्– चितवन–२ को उपनिर्वाचन त्रिपक्षीय भिडन्त



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले चितवन–२ मा उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्कापक्की भएको बताएका छन् ।

स्थानीय जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि कांग्रेसमा पनि उत्साह देखिएको उनको टिप्पणी छ । साथै एमालेले पनि आज उम्मेदवार टुंगो लगाउने उनले उल्लेख गरेका छन् ।

‘देशकै एक प्रमुख पर्यटकीय गन्तब्य जिल्ला चितवन–२ मा कांग्रेसले रैथाने जीतनारायण श्रेष्ठलाई टिकट दिए पछि कांग्रेसजनमा उत्साह नै पैदा गरेको देखियो। शायद एमालेले आज नै टिकट सिफारीस गर्ने पक्कापक्की छ।चुनाव एक पक्षीय नभै त्रिपक्षीय भिडन्ततर्फ जाने देखियो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्