Logo

उपेन्द्र यादवले कसलाई मन्त्री बनाउलान् ? यी चार जनाको नाम चर्चामा



काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीपनि सरकारमा सहभागी हुने भएको छ । आज (शुक्रबार) विस्तार हुने मन्त्रिपरिषद्मा जसपाले दुई मन्त्रालय लिएर सरकारमा सहभागिता जनाउने भएको हो । बालुवाटारनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जसपालाई शिक्षा र कृषि मन्त्रालय अफर गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भने अहिले पाएका दुई मन्त्रालयमा चित्त नबुझाएको पनि चर्चा छ । प्रधानमन्त्री दाहालले आज विहान ११ बजे एक चरण छलफल गर्ने र दिउँसो १ बजेसम्म मन्त्रीहरुको नाम मागिसक्ने तयारी गरेका छन् । उनले आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी गरेका छन् । त्यहीअनुसार बालुवाटारले शितलनिवासलाई खबर गरिसकेको बुझिएको छ ।

जसपाबाट मन्त्री बन्न चार जनाको दाबी रहेको छ । संघीय परिषद् अध्यक्ष अशोक राई आँफै यसपटक मन्त्री बन्ने दौडमा छन् । यस्तै, प्रदीप यादव, राजकिशोर यादव र डा. विरेन्द्र महतोको पनि मन्त्री बन्ने चर्चामा छ । अध्यक्ष उपेन्द्र यादवमाथि भने पार्टीमा जहिल्यैपनि यादवलाई मात्रै अघि बढाएको आरोप लाग्ने गरेकोले यसपटक उनले अशोक राई र डा. महतोलाई सरकारमा पठाउन सक्ने पनि चर्चा छ ।

जसपाको कार्यकारिणी समितिले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिएको छ । यादवले भने आफूअनुकुल पात्रको खोजी र बारा–२ को उपनिर्वाचनमा आफूलाई सघाउनसक्ने व्यक्तिलाई मन्त्री बनाउनेगरि गृहकार्य गरेको चर्चा छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्