Logo

नयाँ मन्त्रीहरुको आजै सपथको तयारी, प्रधानमन्त्री दाहाल शितलनिवासमा



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

उनले दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ गराउनेगरि तयारी थालेका छन् ।

अहिले प्रधानमन्त्री दाहाल राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलको लागि शीतल निवासमा छन् ।

सो भेटवार्तामा दाहालले मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्श गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्