Logo

मैले सोचेअनुरुप अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन : खानेपानी मन्त्री खान



काठमाडौं, १७ चैत्र । खानेपानी मन्त्री अब्दुल खानले आफूले सोचेअनुरुप अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले आफूले सोचेअनुरुप अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।

‘हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन’ उनले भने ‘सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ। मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन। किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन।’



प्रतिक्रिया दिनुहोस्