Logo

प्राइम टिभीका थपलिया ‘सक्रिय युवा पत्रकारिता पुरस्कार’ बाट सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट प्रदान गरिएको हो ।

क्लबले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि थपलियालाई सक्रिय युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरेको छ । सो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । सम्मानित भएका थपलिया प्राइम टिभीबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को प्रोड्युसर हुन् ।

वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसर थपलिया विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन् । राजनीतिक ब्यूरोमा रिपोर्टिङ गर्दै आएका पत्रकार थपलिया सामाजिक, आर्थिक र समसामयिक विषयमासमेत कलम चलाउँछन् ।

उनले टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा पनि विभिन्न कार्यक्रमा सञ्चालन गरिसकेका छन् । थपलियाले हिमालय टेलिभिजन, नेपाल आवाज म्यागजिन, एशिया सञ्चार, शूत्र न्यूज, क्यानडा नेपाल, नेपाली पत्रिका, नेपाली पब्लिक लगायत विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्