Logo

प्रधानमन्त्री दाहालद्धारा हेराल्ड इन्टरनेशनल कलेजका निर्देशक अशोक पाण्डे सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले हेराल्ड इन्टरनेशनल कलेजका निर्देशक अशोक पाण्डेलाई सम्मान गरेको छ। क्लबले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित विशेष समारोहकाबीच पाण्डेलाई सम्मान गरेको हो । पाण्डेलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानपत्र प्रदान गरिएको हो ।

नेपालको शिक्षा क्षेत्रको आधुनिकीकरण र विकासमा पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । शिक्षा क्षेत्रमार्फत मुलुकको शिक्षा प्रणालीलाई उन्नत बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई क्लबले सम्मान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्